|
News & Events
दलित मुक्ति फोर्सको कदमबारे प्रेस विज्ञप्ती Posted on April 5, 2010
मितिः २०६६/१२/२२
प्रेस विज्ञप्ती
दलित अधिकारका निम्ति विगत १४
वर्ष देखि निरन्तर लड्दै आएको दलित गेरसरकारी संस्था महासंघको गेटमा यही
२० गते शुक्रबार दलित मुक्ति फोर्स नामक समुहले महासंघ तथा स्थानीय
बासिन्दालाई समेत असर पार्ने गरी सकेट बम राख्ने कार्य गरेकोमा दलित
गैरसरकारी संस्था महासंघ उक्त कदमको घोर भत्सर्ना गर्दछ ।
१२ वर्षे बालिका सहित ३ जना महिलाको विभत्स हत्या गरिएको बर्दिया घटनासँग
जोडेर गरिएको यस बम राख्ने कदमले समग्र मानवअधिकारकर्मी लगायत आम जनताको
सुरक्षा संवेदनशीलतामा गम्भीर प्रश्न उब्जिएको छ । दलित गैरसरकारी संस्था
महासंघ लगायत दलित नागरिक समाज हत्याको सुरुवात देखि नै घटनाको विरुद्धमा
विभिन्न आन्दोलनका कार्यक्रम सहित संघर्षमा छ । विभिन्न संघ संस्थाहरु
राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोग समेतले सेनाको गल्ती भएको तथ्य
सहितको प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्था छ । तर पनि सरकारले गम्भीर
भएर दोषी माथी कार्वाही गर्नु भन्दा रक्षामन्त्री विद्यादेवी भण्डारीले
सेनाकै पक्षपोषण गर्दै ती गरिबी र उत्पीडनमा पिल्सीएका महिलाहरुलाई शिकारी
भएको आरोप लगाउने जस्ता कार्यले यस्ता घटनाहरु दोहोरिन सम्भव भएको
महासंघको ठहर छ । सरकारको बेवास्ता तथा रक्षा मन्त्रीको अभिव्यक्ति प्रति
महासंघ घोर भत्सर्ना गर्दछ ।
अतः मानवअधिकारको गम्भिर उल्लंघन हुने गरी भएको बर्दिया हत्या काण्डका
दोषीलाई यथाशिघ्र कडा कारवाही गरी पीडितलाई उचित क्षतिपूर्तिदिने कार्यलाई
गम्भिर रुपमा लिन सरकारसँग महासंघ जोडदार माग गर्दछ । साथै आम जनता र
मानवअधिकार रक्षकको सुरक्षितत रुपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न
समेत सरकारसँग जोडदार माग गर्दछौं ।
टेकबहादुर रैका
का.वा. अध्यक्ष
दलित गैरसकारी संस्था महासंघ
|
« Go Back |
|
|
|
 |
|
|
|
 |
|
|
|
 |
|
|
|
|
 |
|
|
|
 |
|
|
|
|
 |
|
| Upcoming Event not posted. |
|