Dalit NGO Federation (DNF) Dalit NGO Federation (DNF)
Home About Us Our Works Programs & Partners Members Publications Resources Links Contact Us
You are here: Home » News & Events
About Us
About DNF
Strategic Direction
Constitution of DNF
Code of Conduct
Executive Committees
Policies and Guidelines
Organization Structure
Staff
Advisors
Press Release
More Press Release +
Audio Video






News & Events

बर्दिया घटनालाई लिएर २९ गर्ते धर्ना र चक्का जाम गर्ने
Posted on April 9, 2010
सुर्खेत जिल्लाको हरिहरपुर गाविस र बर्दिया राष्टि्रय निकुाज क्षेत्रको सिमानामा पर्ने बासपानी कालीकास्थानको जंगलमा काउलो एक किसिमको जडीबुटी काट्न गएका एक बालिका र दुई जना महिलालाई चोरी शिकारीको आरोपमा बनरक्षक र नेपाली सेनाको टोलीले गोली हानी हत्या गरिएका दलित महिलाको विषयलाई दिएर राष्टि्रय स्तरमा ठूलो हल्ली खल्ली भए पनि यस घटनालाई सरकार नेपाली सेनाले यस घटनालाई गम्भीर रुपमा नलिएको विषयलाई लिएर आज दलित नागरिक समाज महिला अधिकारकर्मी मानवअधिकारकर्मी तथा संघ संस्थाहरुको संयुक्त बैठक बस्यो ।
बैठकले बर्दिया घटनाका दोषीलाई कारवाही र पिडितलाई क्षतिपूर्ति दिलाउनका लागि आन्दोलनको घोषणा गरेका छन् । बैठकले यहि २९ गते देश भरि धर्ना र् याली चक्का जाम सहित काठमाडौंमा संसद भवन अगाडि धर्ना दिने संविधानसभामा रहेका महिला सभासदसग छलफल गर्ने सार्वजनिक सुनुवाई गर्ने रक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रमहरु तय गरेको छ ।
पूर्वााचलमा मानवअधिकार एलायन्स पश्चिमााचलमा दलित गैरसरकारी संस्था महासंघ मध्यपश्चिमााचलमा गैरसरकारी संस्था महासंघ र सुदुर पश्चिमााचलमा दलित गैरसरकारी संस्था महासंघको संयोजकमा २९ गते धर्ना र् याली चक्का जाम सहित सम्बन्धित जिल्ला प्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाउने सार्वजनक सुनुवाई कार्यक्रम गर्ने जसको संयोजन दलित गैरसरकारी महासंघले गर्ने भएको छ । त्यसै गरी राजनीतिक दलहरुको बर्दिया घटनाको बारेमा केहि पनि धारण नआएकोले यस विषयको बारेमा राजनीतिक दलहरुलाई स्पष्ट हुन दबाब दिने कार्यक्रम पनि तय भएको छ ।
बैठकमा मानवअधिकारर्की शुशिल प्याकुरेल इन्सेक अध्यक्ष सुबोध प्याकुरोल जागरण नेपालका अध्यक्ष शर्मिला कार्की दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष टेकबहादुर रैका दलित महिला संघका अध्यक्ष दुर्गा सोव दलित सेवा संघका अध्यक्ष गजाधर सुनार नेपाल राष्टि्रय समाज कल्याण संघका अध्यक्ष भक्त विश्वकर्मा लगायतका अन्य संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

यसै विषयलाई लिएर आजै प्रधानमन्त्री माधवकुमार नेपाललाई दलित समुदायको वृहत टोलीले भेट गर् यो । टोलीले बर्दिया घटना देखि लिएर दलित समुदायसग सम्बन्धित अन्य कुराहरुमा ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री नेपालले बर्दिया घटना गम्भिर भएको पन्छिनु भयो । नेपालले गम्भिर मात्रै भने पछि टोलीमा सहभागी सम्पूर्णले प्रधानमन्त्रीलाई निरिह प्रधानमन्त्रीको सज्ञा दिएका छन् ।
टोलीमा दलित समुदायबाट राज्य तथा सहायक मन्त्री दलित सभासद दलित नागरिक समाजका प्रतिनिधि राष्टिय दलित आयोगका प्रतिनिधि लगायत पत्रकारहरुको सहभागिता थियो ।


« Go Back
Photo Gallery
Vacancy
Our Members
Check Email
Projects





Upcoming Events
Upcoming Event not posted.