|
News & Events
सम्झौतामा टुंगाइदै छ प्युटार घटना Posted on March 31, 2009 काठमाडौ चैत्र १७- आज संयुक्त दलित विद्यार्थी संघर्ष समिति र प्युटार घटना न्यायिक दवाव समितिले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज विहान १० बजे देखि २ बजेसम्म धर्ना दिए भने जिल्ला प्रशासन कार्यालयमा कुनै पनि कामकाज हुन दिइएन । जिल्ला प्रशासन कार्यालय वरिपरि गाडिहरु पूर्ण रुपमा बन्द गरियो । सो बन्दको अवज्ञा गर्न खोज्ने नेपाल विद्युत प्राधिकरणको मोटरसाइकललाई धर्नामा बसेका आन्दोलनकारीले तोडफोड गरेका छन् । तोडफोडबाट मोटरसाइकलको अगाडिको लाईट लगायत तोडफोड भएको छ । यसै बिच ललितपुर जिल्ला प्रशासनमा बसेको सर्वदलिय बैठकले तीन वटा बुदाँमा सहमति गरेको छ । पहिलो एक हप्ता भित्र दोषी भएको विमला लामालाई पक्राउ गर्ने र पक्राउ गर्न सबै नागरिक समाज मानवअधिकारकर्मी पत्रकार राजनैतिक दलहरुले सहयोग पुर् याउने दोश्रो प्युटारमा खटिएको प्रहरी टोलीले किन दोषीलाई नियन्त्रणमा लिन सकेन त्यसको बारेमा खटिएको प्रहरीहरुमाथि स्पष्टिकरण लिने र तेश्रो घटना भएको स्थानमा सामाजिक सदभाव फैलाउन सबै नागरिक समाज राजनितिक दल मानवधिकारकर्मीहरुले सहयोग गर्ने र सदभाव विथोलिने कि्रयाकलाप गर्न रोक लगाउने सहमति भएको छ । यसरी हेर्दा घटना घटेको यत्रो दिनसम्म केहि नगरि फेरि प्रशासनले एक हप्ताको समय मागेकोमा दलित नागरिक समाज र सर्वदलिय बैठकले त्यसलाई खुला छोड्नु यस घटनालाई गुपचुप पार्नु र सम्झौतामा टुंगाउने खेल गर्नु हो । जसले गर्दा पिडित कल्लीकुमारी विश्वकर्माले न्याय र पिडक विमला लामाले सजाय पाउने सम्भावना कम हुनै गएको छ । उक्त सर्वदलिय बैठकमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री पम्फा भुसालको समेल सहभागिता थियो । |
« Go Back |
|
|
|
 |
|
|
|
 |
|
|
|
 |
|
|
|
|
 |
|
|
|
 |
|
|
|
|
 |
|
| Upcoming Event not posted. |
|