Dalit NGO Federation (DNF) Dalit NGO Federation (DNF)
Home About Us Our Works Programs & Partners Members Publications Resources Links Contact Us
You are here: Home » Press Release
About Us
About DNF
Strategic Direction
Constitution of DNF
Code of Conduct
Executive Committees
Policies and Guidelines
Organization Structure
Staff
Advisors
Press Release
More Press Release +
Audio Video






Press Release

बोक्सी भन्दै दिसा खुवाईएकोबारे
Posted on March 23, 2009

मिति ः-२०६५/१२/१२
बोक्सी भन्दै दिसा खुवाईएकोबारे

प्रेस विज्ञप्ती

ललितपुर जिल्ला प्युटार गाविस वडा नं। ७ की कल्लीकुमारी विकलाई बोक्सीको आरोप लगाई स्थानीय गडिभन्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला लामाले गत शुक्रबार घरमै बोलाएर कुटपिट गरि मुखमा दिसा कोच्याइदिएको भन्ने नयाँ पत्रिकाको आजको समााचारले दलित गैर सरकारी संस्था महासंघ लगायत यसका सदस्य सस्ंथाहरु एवं सम्पुर्ण दलित समुदायको गम्भिर ध्यानाकर्षण गरेको छ ।

४८ वर्षीया विकलाई गाँउका भद्रभलाद्मी सहितको उपस्थितिमा गरिएको यस घटनाको यथाशिघ्र छानविन गरी पिडितलाई यथाशिघ्र क्षतिपूर्ति र न्याय प्रदान गराउनका लागि गृहमन्त्रालय प्रहरी प्रशासन राजनीतिक पार्टी तथा सम्पूर्ण नागरिक समाज मानव अधिकारवादी संघ संस्था र मानव अधिकारकर्मीहरुको पनि गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं साथै पीडितलाई न्याय उचित क्षतिपूर्ती दिनुपर्ने र घटनाका अपराधीलाई कडा भन्दा कडा कार्वाही गरियोस् भन्ने महासंघ जोडदार माग गर्दछ ।


बोमबहादुर विश्वकर्मा
महासचिव


« Go Back
Photo Gallery
Vacancy
Our Members
Check Email
Projects





Upcoming Events
Upcoming Event not posted.