Dalit NGO Federation (DNF) Dalit NGO Federation (DNF)
Home About Us Our Works Programs & Partners Members Publications Resources Links Contact Us
You are here: Home » Press Release
About Us
About DNF
Strategic Direction
Constitution of DNF
Code of Conduct
Executive Committees
Policies and Guidelines
Organization Structure
Staff
Advisors
Press Release
More Press Release +
Audio Video






Press Release

सिराहा जिल्ला चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवालाई त्यहाँका गैरदलितले सार्वजनिक इनारको पानी प्रयोग गर्न नदिएको बारे प्रेस विज्ञप्ति
Posted on June 22, 2010
मितिः २०६७/०३/०७
प्रेस विज्ञप्ति
सिराहा जिल्ला चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवालाई असार १ गते देखि त्यहाँका गैरदलितले सार्वजनिक इनारको पानी प्रयोग गर्नबाट बिाचत गरिएको घटनाप्रति दलित गैरसरकारी संस्था महासंघको गम्भीर ध्यानाकर्षण भएको छ र सो घटनाको निन्दा एवं घोर भत्स्रना गर्दछ ।
देश संवैधानिक रुपमा छुवाछूत मुक्त राष्ट्र भइसक्दा र धर्मनिरपेक्षता कायम भइसक्दा समेत देशका विभिन्न क्षेत्रमा दलित समुदाय माथि जातीयताकै आधारमा छुवाछूत विभेद र बिाचतीकरण गरिँदा पनि स्थानीय प्रशासन देखि लिएर केन्द्रीय सरकारसम्म मौन बस्नुले छुवाछूत मूक्त राष्ट्र घोषणा धर्मनिरपेक्षता जस्ता संवैधानिक व्यवस्था र राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौता एवं कानून समेतको खिल्ली उडाएको स्पष्ट हुन्छ । त्यसैले यस घटनाप्रति स्थानीय प्रशासन र सरकारले गम्भीर रुपमा लिई पीडित परिवारलाई क्षतिपूर्ति र न्यायका साथै पीडकलाई सजाय दिलाउन समग्र दलित समुदायको तर्फबाट महासंघ सरोकारवाला सबैमा हार्दिक आव्हान गर्दछ ।
दलित मानवअधिकार र सामाजिक न्यायको प्रवद्र्धन र सम्बद्र्धन गर्नका लागि कि्रयाशिल करिब ३०० दलित गैरसरकारी संस्थाहरुको छाता संगठन यस महासंघले आफ्नो स्थापनाकाल देखि नै राष्ट्रिय क्षेत्रीय स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त ढंगले आवाज उठान गरिरहेको सन्दर्भमा यस घटनाका सम्बन्धमा महासंघले गरेको यस आव्हानलाई सरकारले कमजोरीका रुपमा लिई पीडितलाई न्याय र पीडकलाई सजाय दिने सवालमा संवेदनशील नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिन चाहान्छौं ।

गजाधर सुनार
अध्यक्ष

दलित गैरसरकारी संस्था महासंघ (DNF)

« Go Back
Photo Gallery
Vacancy
Our Members
Check Email
Projects





Upcoming Events
Upcoming Event not posted.