Dalit NGO Federation (DNF) Dalit NGO Federation (DNF)
Home About Us Our Works Programs & Partners Members Publications Resources Links Contact Us
You are here: Home » Press Release
About Us
About DNF
Strategic Direction
Constitution of DNF
Code of Conduct
Executive Committees
Policies and Guidelines
Organization Structure
Staff
Advisors
Press Release
More Press Release +
Audio Video






Press Release

सुनसरीको अन्तरजातीय विवाह सम्बिन्ध
Posted on July 28, 2010
प्रेस विज्ञप्ति
सुनसरी जिल्ला धरान नगरपालिका वडा नं। ११ निवासी जगत विश्वकर्माका छोरा सृजन रसाईलीले झापा जिल्ला गौरादह-६ बस्ने नरजीत राईको छोरी साङ्गयाङ्ग राईसँग २०६७ असार ३० गते प्रेम विवाह भएकॊ ८ दिन पछि अर्थात साउन ०५ गते केटी पक्षले केटा दलित भएको जानकारी भए पछि केटाको मूलघर खोटाङ्ग जाने क्रममा एक्कासी खोटाङ्गको दिक्तेलबाट केटालाई पक्राउ गरी हाल ईलाका प्रहरी कार्यालय धरानमा केटी अपहरणको मुद्दा लगाई थुनामा राखिएको घटनाप्रति दलित गैरसरकारी संस्था महासंघ र यसका सदस्य संस्थाहरुको समेत गम्भीर ध्यानाकर्षण भएको छ र सो घटनाको निन्दा एवं घोर भत्स्रना गर्दछ ।
देश संवैधानिक रुपमा छुवाछूत मुक्त राष्ट्र भइसक्दा र धर्मनिरपेक्षता कायम भइसक्दा समेत देशका विभिन्न क्षेत्रमा दलित समुदाय माथि जातीयताकै आधारमा छुवाछूत विभेद र बिाचतीकरण गरिँदा पनि स्थानीय प्रशासनले सत्यतथ्य नबुझि एक तर्फि रुपमा केटालाई मात्र थुनामा राख्नु छुवाछूत मूक्त राष्ट्र घोषणा धर्मनिरपेक्षता जस्ता संवैधानिक व्यवस्था र राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौता कानून तथा मानवअधिकार समेतको खिल्ली उडाएको स्पष्ट हुन्छ ।
नेपाली नागरिक नेपाल भर स्वतन्त्रपूर्वक हिड्न पाउने अधिकार केटा र केटीले स्वतन्त्रतापूर्वक विवाह गर्न पाउने अधिकार जस्ता आधारभूत कुरालाई समेत ख्याल नगरी एक्कासी पक्राउ गरी थुनामा राख्नुले पनि नेपालको अन्तरिम संविधानलाई मिचेको देखिन्छ ।
दलित मानवअधिकार र सामाजिक न्यायको प्रवद्र्धन र सम्बद्र्धन गर्नका लागि कि्रयाशिल करिब ३०० दलित गैरसरकारी संस्थाहरुको छाता संगठन यस महासंघले आफ्नो स्थापनाकाल देखि नै राष्ट्रिय क्षेत्रीय स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त ढंगले आवाज उठान गरिरहेको सन्दर्भमा यस घटनाका सम्बन्धमा महासंघले थुनामा रहेका सृजन विश्वकर्मालाई विना शर्त रिहा गरियोस् । यदि यस आव्हानलाई स्थानिय प्रशासनले कमजोरीका रुपमा लिई पीडित केटा पक्षलाई थुनामा राख्ने कार्य जारी राखेमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिन चाहान्छौं ।

……………
गजाधर सुनार
अध्यक्ष
2067-04-12

« Go Back
Photo Gallery
Vacancy
Our Members
Check Email
Projects





Upcoming Events
Upcoming Event not posted.